थप २६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिनमा ८३ जनामा संक्रमण

<p>काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जन नयाँ संक्रमित भेटिएका हुन्। मंगलबार बिहान मात्रै नेपालमा [&hellip;]</p>

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ जना, पर्सामा १८ र सर्लाहीमा एक जन नयाँ संक्रमित भेटिएका हुन्।

मंगलबार बिहान मात्रै नेपालमा ५७ जनामा कोरोना पुष्टि भएकाे थियाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ सय १७ पुगेको छ । तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

Share News