कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोना [&hellip;]</p>

काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसले भयावह स्थिति निम्ताएको छ । त्यहाँ १४ लाख ८ हजार १ सय ५५ जना संक्रमित छन् । ८३ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय दक्षिण एसियामा पनि कोरोना फैलिने क्रम बढेको छ । छिमेकी राष्ट्रमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । हालसम्म ३३ जना उपचार पछि निको भएका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News