दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार ७ पुगेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
त्यस्तै ७ जना प्रहरीको कोरोनाबाट मृत्यु भएको छ । भने १ सय १३ जना उपचारपछि निको भइ घर फर्किएका छन् । चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् ।
मङ्गलबारसम्ममा भारत भर ७१ हजार ४ सय ४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय १ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये २ हजार ३ सय १० व्यक्तिको मृत्यु भईसकेको छ ।
भारतमा कोरोना भाइरसको उपचार पछि मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।