काेराेना संक्रमण भएका रावलका सुरक्षाकर्मी एक महिनादेखि घरमै, कसरी लाग्याे काेराेना ?

<p>काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा बसको उनकाे  निजी सचिवालयले जानकारी  दिएकाे छ । उनी करिब एक महिनादेखि श्रीमतीको [&hellip;]</p>

काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ ।

रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा बसको उनकाे  निजी सचिवालयले जानकारी  दिएकाे छ ।

उनी करिब एक महिनादेखि श्रीमतीको उपचारमा रहेको बताइएको छ । उनी हाल रावलको सुरक्षामा नरहेको पनि स्पष्ट पारिएकाे छ । उनी घरमै हुँदाखेरि नै संक्रमण भएकाे बुझिएकाे  छ।

उनी घरमै बसेर कहाँ गएका थिए त्याे भने खुलाइएकाे छैन । संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण सांसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ । डा. रावल र हाल उनको सुरक्षामा रहेका कसैलाई पनि कोरोना नरहेको स्पष्ट पारिएको छ ।

Share News