पुल्चोकको आरोग्य प्रतिष्ठानमा कर्मचारीलाई कोरोना देखिएपछि सिल

<p>काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर [&hellip;]</p>

काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो ।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर जनाएको छ ।

आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गरिँदै आएको छ । हाल संक्रमित युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

Share News