काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।
पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ।