
काठमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हाे ।
न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएकाे छ ।