कोरोना देखिएकी बालिकाको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखिने

<p>काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ । बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने र १४ दिन क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने अस्पतालले जनाएकाे छ । अस्पतालका प्रा.डा. प्रेम कुमार खड्गाका अनुसार संक्रमित बालिकालाई गणेशमान [&hellip;]</p>

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ ।

बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने र १४ दिन क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने अस्पतालले जनाएकाे छ ।

अस्पतालका प्रा.डा. प्रेम कुमार खड्गाका अनुसार संक्रमित बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा सारी उपचार भइरहेको छ ।

अस्पतालको अन्य काम नियमित  गर्न र प्राइमरी सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजेटिभ आएमा फेरि सेकेन्डरी सम्पर्कमा कन्ट्याक्ट  ट्रेसिङ पीसीआर परीक्षण गरिने पनि अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।

अस्पतालले हाललाई इलेक्टिभ सर्जरी नगर्ने समेत जनाएको छ । साथै, आकस्मिक शल्यक्रिया गर्दा  आवश्यक पीपीई लगाएर गर्न समेत अस्पतालले अनुरोध गरेको छ।

सम्बन्धित समाचारः

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा 

घरभित्रै बसेकी बालिकालाई कसरी लाग्यो कोरोना ?

Share News