नेपालमा कोरोनाः २४६ संक्रमित, २७२ जना आइसाेलेसनमा, २२ जिल्लामा फैलियो

<p>काठमाडाैं । नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको [&hellip;]</p>

काठमाडाैं । नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गरेर निको भई घर जानेको संख्या ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा २२ हजार ६ सय ६४ वटा पीसीआर विधीबाट जाँच गरिएको छ भने आरडिटी विधीबाट ६२ हजार ३ सय २७ वटा जाँच गरिएको छ । उनका अनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परिक्षण गरिएको थियो ।

गत २४ घण्टामा मात्रै पीसीआर विधीबाट १ हजार ३ सय ६३ जनामा परिक्षण गरिएको छ भने आरडिटी विधीबाट गत २४ घण्टामा २ हजार ८ परिक्षण गरिएको छ । यो परिक्षण गत चैत १९ देखि सुरु भएको थियो । मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश १ मा ८ हजार ६ सय ७३ वटा परिक्षण गरीएको जनाएको छ ।

नेपालभरि कुल २७२ जनालाई ‘आइशोलेसन’ अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै, नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १५ हजार ६  सय पुगेको छ । नेपालमा क्वारेन्टाइनका लागि बनाइएको बेड संख्या ५३ हजार ८ सय ३५ हो ।

सरकारले कोरोनाबाट प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना बनाएको छ। प्रदेश १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको हो।

Share News