काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ८६ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३ हजार ६५ जनाको मृत्यु भइसकेको छ भने १७ लाख १ हजार ९ सय ८५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८६ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ५६ हजार २ सय ७२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ भने अहिलेसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ सय ४९ जना संक्रमित भएका छन् भने ३५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)