नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५८ पुग्यो

<p>काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको छ । जो मकवानपुर निवासी ३७ वर्षिय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी [&hellip;]</p>

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको छ ।

जो मकवानपुर निवासी ३७ वर्षिय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिए ।

हाल सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share News