काेराेना महामारीबाट सरकारले कसैकाे ज्यान जान दिने छैन

<p>काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्&#x200d;मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् । उनले सरकारले यससम्बन्धमा थप प्राथमिकीकरण गर्ने पनि बताएकी छन् । भण्डारीले आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा [&hellip;]</p>

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् ।

उनले सरकारले यससम्बन्धमा थप प्राथमिकीकरण गर्ने पनि बताएकी छन् । भण्डारीले आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा थप क्षति हुन नदिने गरी अघि बढ्ने बताएकी छन् ।

विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुनसक्ने, मुलुकको आयमा कमी आउनसक्ने, प्राथमिकता क्षेत्र फरक हुने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने उनको जोड छ ।

Share News