काठमाडाैं । सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने बताएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारले आगामी आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत मा सो कुरा उल्लेख गरेकी हुन्। असअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन संरचना परिमार्जनसम्बन्धी प्रस्तावमा संघ अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी गरी एनसिडिसी स्थापना गर्ने प्रस्ताव गरेको थियो। यस्तै अब औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ।
सोही क्रममा औषधि व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली प्राधिकरण स्थापना गरिने जानाकारी दिएकी हुन्। विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा गरिएको छ।