काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो ।
जो बर्दिया नार्खु – ११ निवासी २८ वर्षिय महिला, सिराहा, सखुवा- १९ का ३० वर्षिय पुरुष, पर्सा विरगञ्ज – १२ का २८, २९ वर्षिय पुरुष, सर्लाही, रामनगर -४ निवासी १८ वर्षिय महिला र चितवन गढौली- १ का २५ वर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिएका छन् ।
यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।