कपिलवस्तुमा थप ३ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ७६

<p>काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले [&hellip;]</p>

काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले विहान १० बजे मात्र बर्दिया, पर्सा, सर्लाही, सिराहा र चितवनमा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको जानकारी दिँदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिए ।

तलकाे समाचार पनि पढ्नु हाेला :

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

 

Share News