महोत्तरी र काभ्रेमा २ जनामा देखियाे कोरोना, संक्रमितको संख्या २ सय ७८ पुग्यो

<p>काठमाडौं । महोत्तरी र काभ्रे जिल्लामा थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षिय र काभ्रेका २६ वर्षिय पुरुष कोरोना संक्रमित पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले  याेसँगै काेराेना संक्रमितकाे संख्या २ सय ७८ पुगेकाे जानकारी दिएका छन् । हालसम्म २६ वटा जिल्ला कोरोना [&hellip;]</p>

काठमाडौं । महोत्तरी र काभ्रे जिल्लामा थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षिय र काभ्रेका २६ वर्षिय पुरुष कोरोना संक्रमित पुष्टि भएका हुन् ।

स्वास्थ्य मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले  याेसँगै काेराेना संक्रमितकाे संख्या २ सय ७८ पुगेकाे जानकारी दिएका छन् ।

हालसम्म २६ वटा जिल्ला कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । काभ्रेमा पहिलाे  पटक काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिँदै हालसम्म पिसिआर २६ हजार ६ सय ९१ र आरडिटी ६५ हजार ७ सात ४९ परीक्षण गरेको जनाएकाे छ ।

त्यस्तै १६ हजार ३ सय ६६ क्वारेन्टाइनमा रहेका छन्, भने ३ सय २० आइसाेलेसनमा उपत्यका भित्र ३२ जना र बाहिर २ सय ८८ जना रहेका छन् । ३ सय ११ जना रेड जोनमा परेकाे मन्त्रालयले जनाएकाे छ ।

Share News