कोरोनाबाट मृत्यु भएकी महिला उपचारका लागि भौतारिएकी थिइन, कुन-कुन अस्पताल गइन् ?

<p>काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे । उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् । पहिले उनमा काेराेना छ संक्रमण भएकाे भन्ने थाहा थिएन । तरपनि उनी उपचारका लागि विभिन्न ठाउँ गएकाे बुझिएकाे छ । उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर [&hellip;]</p>

काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे ।

उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् । पहिले उनमा काेराेना छ संक्रमण भएकाे भन्ने थाहा थिएन । तरपनि उनी उपचारका लागि विभिन्न ठाउँ गएकाे बुझिएकाे छ ।

उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर २४ गते डेलिभरी भएकी उनी २५ गते डिस्चार्ज भएकी थिइन् । डिस्चार्जपछि सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् ।

पुनः समस्या देखिउपछि स्थानीय मेडिकल तथा स्वास्थ्यकर्मीलाई देखाइएकाे बताइएकाे छ । स्वास्थ्य अवस्था झन झन् जटिल बन्दै गएपछि उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो ।

यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

Share News