काठमाडाैं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे ।
उनमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि विभिन्न ठाउँमा धाएकाे खुलेकाे छ ।
उनी उपचारकै लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताएका छन् ।
उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले मोटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकोमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेको बताए ।
घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए ।
सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बोलेरो गाडीमा हालेर घर ल्याइएको थियो ।
फेरि पनि उनकाे स्वास्थ्य अवस्था जटिल बन्दै गयाे । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएको थियो । उनलाइ एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।
उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो । उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् ।