काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख १६ हजार ९ सय ७१ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १२ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने १८ लाख १० हजार ४६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८९ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ७ हजार ८ सय ६४ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ भने अहिलेसम्म २ हजार ८ सय ७१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ सय ८१ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)