रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ९१

<p>काठमाडौं । रौतहट जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट जिल्लाको दुई नगरपालिकाका १० जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । जो रौतहट, राजपुर नगरपालिका, फरहदवा -९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षिय पुरुषहरु र [&hellip;]</p>

काठमाडौं । रौतहट जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट जिल्लाको दुई नगरपालिकाका १० जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

जो रौतहट, राजपुर नगरपालिका, फरहदवा -९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षिय पुरुषहरु र रौतहट जिल्ला कै इशनाथ नगरपालिका -३ र ५ निवासी २८, ३०, ३३ वर्षिय पुरुषहरुमा कोरोना पुष्टि भएको सह प्रवक्ता अधिकारीले जनाएका छन् ।

संक्रमित १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपाल कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने १ जनाको महिलाको मृत्यु भएको छ । त्यस्तै ३६ जना उपचार पछि निको भएका छन् ।

Share News