धनुषामा कोरोना सङ्क्रमितकाे संख्या सात पुग्यो

<p>काठमाडाैं । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका-९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए । ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उनले [&hellip;]</p>

काठमाडाैं । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका-९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए ।

ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उनले बताए ।

ती दुवै व्यक्ति लकडाउनको अवधिमा चितवनबाट साइकल चढेर जनकपुर आएको जानकारी जनाइएको छ । उनीहरुलाई नगराइनको स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । रासस

Share News