नेपालमा कोरोना भाइरसको कारण दुई जनाको मृत्यु

<p>काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काेराेनाकाे कारण बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको हाे । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका उनलाई शनिबार राति बान्ता भएको थियो । त्यसपछि एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काेराेनाकाे कारण बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको हाे ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका उनलाई शनिबार राति बान्ता भएको थियो । त्यसपछि एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनी  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

हिजाे अर्थात जेठ ३ गते मात्रै काेराेनाकाे कारण सिन्धुपाल्चाेकमा एक महिलाकाे मृत्यु भएकाे थियाे । यससँगै, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ ।

Share News