नेपालमा कोरोनाबाट मृत्यु भएका दाेस्राे व्यक्ति को हुन् ?

<p>काठमाडाैं । नेपालमा कोरोना भाइरसको कारण थप एक जना युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज मृत्यु भएका युवक बाँकेका भएको बताइएको छ । उनकाे बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी २५ [&hellip;]</p>

काठमाडाैं । नेपालमा कोरोना भाइरसको कारण थप एक जना युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आज मृत्यु भएका युवक बाँकेका भएको बताइएको छ । उनकाे बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी २५ वर्षका युवा हुन् । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

हिजाे मात्रै सिन्धुपाल्चाेककी महिलाकाे काराेनाकाे कारण निधन भएकाे थियाे ।

Share News