काठमाडौं । कोरोना भाइरसको संक्रमणले निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका सदस्यसहित १४ दिने शिशुमा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
मृतक सुत्केरी महिलाका १४ दिने शिशुसहित परिवारका चारजनाको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जानकारी दिएको छ । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन् । उनी सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । रासस