प्रदेश नं २ मा कोरोना सङ्क्रमित १ सय ३१

<p>जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १ सय २२ जना कोरोना सङ्क्रमित थियो । सोमबार बिहान ९ जना थपिएपछि यो सङ्ख्या १ सय ३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका [&hellip;]</p>

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १ सय २२ जना कोरोना सङ्क्रमित थियो । सोमबार बिहान ९ जना थपिएपछि यो सङ्ख्या १ सय ३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका ८ र बाराका १ गरी ९ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

जो ९ जना संक्रमितमा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष रहेका थिए ।

सोमबार बिहानसम्म प्रदेशको ८ जिल्लामध्ये रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १/१ जनामा कोरोना पुष्टि भएकाे छ ।

Share News