काठमाडौं । नेपालमा एकैदिन ६२ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनामा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यसबाहेक विभिन्न स्थानमा छ जनामा पनि कोभिड-१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसअघि आज नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो वृद्धिसँगै नेपालमा अहिलेसम्म कुल ३ सय ५७ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये दुई जनामा मृत्यु भइसकेपछि सङ्क्रमण पुष्टि भएको हो।
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित छन्।