काठमाडौं । नेपाल थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा १२,धनुषा २,खोटाङमा १,दैलेखमा १,सुनसरीमा १ र झापामा १ जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्। यसअघि एकैदिन सर्वाधिक ८३ जनामा संक्रमण देखिएको थियो।
यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ भने निकाे भएर घर जानेकाे संख्या ३७ रहेकाे छ ।