कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ८७ हजार ८ सय ४२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १९ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ भने १९ लाख ४ हजार ५ सय ४० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ८७ हजार ८ सय ४२ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १९ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ भने १९ लाख ४ हजार ५ सय ४० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३ सय ४० पुगेको छ भने अहिलेसम्म ३ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News