विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने चीनले गर्याे घोषणा

<p>काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । विश्वमा कोरोनाले भयावह स्थिति पैदाँ गरेसँगै चीनले सो रकम कोरोना भाइरस विरुद्ध लड्नका लागि डब्लुएचओ प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति सि चिन फिङले जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धि विवरण चीनले [&hellip;]</p>

काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।

विश्वमा कोरोनाले भयावह स्थिति पैदाँ गरेसँगै चीनले सो रकम कोरोना भाइरस विरुद्ध लड्नका लागि डब्लुएचओ प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति सि चिन फिङले जानकारी दिए ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धि विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रपति फिङले भने ‘हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं ।’
कोरोना नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएकाे छ ।

Share News