झापा र सुनसरीमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ९० पुग्याे

<p>काठमाडौं । प्रदेश-१ को झापा र सुनसरस्मा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार कोशी अस्पताल विराटनगर प्रयोगशालामा पीसीआर परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जनालाई कोरोना पाेजेटिभ देखिएको हो । प्रदेश -१ कै सुनसरीका २ व्यक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै विहान मात्रै [&hellip;]</p>

काठमाडौं । प्रदेश-१ को झापा र सुनसरस्मा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार कोशी अस्पताल विराटनगर प्रयोगशालामा पीसीआर परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जनालाई कोरोना पाेजेटिभ देखिएको हो ।

प्रदेश -१ कै सुनसरीका २ व्यक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै विहान मात्रै कपिलवस्तु जिल्लाको मायादेवस् गाँउपालिकाको ४ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । काेराेनाबाट २ जनाकाे मृत्यु भएकाे छ भने ३७ जना उपचार पछि घर फर्किएका छन् ।

Share News