वैदेशिक राेजगारीमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन सरकारकाे गृहकार्य शुरू

<p>काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने विषयमा सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले वैदेशिक राेजगारीमा खाडी, मध्यपूर्वी देश तथा अन्य देशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो । मंगलबार उपप्रधान [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने विषयमा सरकारले गृहकार्य सुरु गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले वैदेशिक राेजगारीमा खाडी, मध्यपूर्वी देश तथा अन्य देशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।

मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेलकाे संयाेजकत्वमा बसेकाे उच्चस्तरीय समितिको सिंहदरबारले विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजनातय गर्ने तयारी भइरहेकाे जनाएका छन् ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए ।

क्वारेन्टाइनमा रहेकाहरू सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

Share News