इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १हजार ८ सय ४१ जना नयाँ संक्रमित भेटिएको भेटिएका छन् । मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।
पछिल्लो तथ्यांकनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९ सय ७६ जना, सिन्धमा १७ हजार २ सय ४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २ सय ३० जना, बलोचिस्तानमा २ हजार ८ सय २० जना, गिल्गिट बाल्टिस्टानमा ५ सय ५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा १ सय १५ जना संक्रमित भएका छन् ।
कूल संक्रमितमध्ये १२ हजार ४ सय ८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ ।
त्यस्तै सार्क राष्ट्रमा सबैभन्दा बढी १ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्, भने ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा २३ हजार ८ सयभन्दा बढी मान्छेमा काेराेना संक्रमित पुष्टि भएकाे छ ।
त्यस्तै अफगानस्तानमा ७ हजारभन्दा बढी मानिसमा काेराेना पाेजेटिभ देखिएका छ । त्यस्तै माल्दिभ्समा १ हजार १ सयभन्दा बढी, श्रीलंकामा ९ सय ९० जनामा, नेपालमा ३ सय ९० जनामा र भुटानमा २३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।