काठमाडौं । नेपालमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा एकैदिन २७ जनामा काेराेना देखिएकाे बताएका हुन् । उनीहरुमा २४ जना पुरुष र ३ जना महिला भएकाे उनले बताए ।
याेसँगै नेपालमा ४ सय २ जनामा काेराेना देखिएकाे छ । देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको उनकाे भनाई छ।
उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।
नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। आज मात्रै झापाका एक जना काेराेना सक्रमित निकाे भएर घर फर्किएका छन् ।