विश्वमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्याे

<p>काठमाडौं । विश्वमा ५० लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।  नेपाली समयअनुसार बुधबार दिउँसो २ बजेसम्म विश्वमा भरी ५० लाख ६ सय जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहानमा उत्पत्ति भएको कोरोनाले हाल भयावह रुपमा संसारभरी फैलिएको छ । २ सय १५ देशमा फैलिएको कोरोनाबाट ३ लाख २५ हजार [&hellip;]</p>

काठमाडौं । विश्वमा ५० लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।  नेपाली समयअनुसार बुधबार दिउँसो २ बजेसम्म विश्वमा भरी ५० लाख ६ सय जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।

चीनको वुहानमा उत्पत्ति भएको कोरोनाले हाल भयावह रुपमा संसारभरी फैलिएको छ । २ सय १५ देशमा फैलिएको कोरोनाबाट ३ लाख २५ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ भने १९ लाख ७० हजार ९ सय १८ जना उपचार पछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका तथा युरोपियन मुलुकहरु रहेको छन् । १५ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा ९३ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै साढे ३ लाख उपचारपछि निको भएका छन् ।

पछिल्ला दिनमा ब्राजिलमा कोरोना संक्रमणबाट उच्च संख्यामा मृत्यु भइरहेकाे छ । त्यस्तै रसिया, स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारतमा संक्रमितको संख्या उच्च रहेको छ ।  त्यस्तै मध्यपूर्वी देशहरु तथा दक्षिण एसियाली मुलुकमा पनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै आएको छ ।

कोरोना बढ्दै गएसँगै संसारमा बेरोजगारीको संख्या बढ्दै आएको छ । कोरोना फैलिएसँगै विश्वमा ६ करोड बढी मानिस गरिबीको चपेटामा पर्ने सम्भावना रहेकाे  विश्व बैंकले जनाएको छ ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News