कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९४ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ९१ हजार ५ सय ७५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ भने अहिलेसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ सय २७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News