अब आधामात्र स्वास्थ्य मन्त्रालयमा कर्मचारी, एकदिन विराएर ड्युटीमा

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाेखिमलाई ध्यान दिँदै आधामात्र कर्मचारी कार्यालय उपस्थित हुने व्यवस्था  लागु गरेकाे छ । कोरोनाको जोखिम बढेसँगै सकेसम्म भीडभाड नगरि कम कर्मचारी जम्मा भएर धेरै काम गरौं भन्ने उद्देश्यका साथ मन्त्रालयले उपसचिव तहभन्दा तल्लो स्तरको कर्मचारी एकदिन बिराएर ड्युटीमा उपस्थित हुने नियम लागु गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाेखिमलाई ध्यान दिँदै आधामात्र कर्मचारी कार्यालय उपस्थित हुने व्यवस्था  लागु गरेकाे छ ।

कोरोनाको जोखिम बढेसँगै सकेसम्म भीडभाड नगरि कम कर्मचारी जम्मा भएर धेरै काम गरौं भन्ने उद्देश्यका साथ मन्त्रालयले उपसचिव तहभन्दा तल्लो स्तरको कर्मचारी एकदिन बिराएर ड्युटीमा उपस्थित हुने नियम लागु गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

गत सोमबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयले सो निर्णय गरेको हो ।

धेरै कर्मचारी कार्यालयमा उपस्थित भएसँगै भिडभाड हुने हुँदा कम कर्मचारीलाई मात्रै आउने व्यवस्था मिलाएको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले जेठ महिनाका लागि नयाँ कार्यतालिका अनुसार काम शुरु गरेको छ ।

उक्त कार्यतालिकामा कार्यालयका सबै कर्मचारी दुई समुह छुट्याएर एकदिन विराएर काममा उपस्थित हुने रहेकाे छ र साेहीअनुसार काम हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

Share News