थप १९ जना संक्रमित थपिए, नुवाकाेटमा पनि देखियाे काेराेना

<p>काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित [&hellip;]</p>

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

यस्तै नुवाकाेट जिल्लामा पहिलाेपल्ट काेराेना देखिएकाे छ । यससँगै नेपालमा ४२ जिल्लामा काेराेना संक्रमण फैलिएको छ ।

१९ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ जसमा ८७ जना निकाे भईसकेका छन् ।

Share News