थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५

<p>काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पौने ११ बजे थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षाणमा ३७ जना, वि.पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा [&hellip;]</p>

काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पौने ११ बजे थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षाणमा ३७ जना, वि.पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा ५ जना, किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र, हेटाैंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना, प्रदेश अस्पताल सुर्खेत/ पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा २ जना गरि ७२ जनामा काेराेना सक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

Share News