कोरोना पुष्टि भएका बूढानीलकण्ठका ३७ वर्षीय पुरुष टेकुको आइसोलेशनमा

<p>काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ-३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ । यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई [&hellip;]</p>

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ-३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ ।

यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका-७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । रासस

Share News