काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ६ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् ।
संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका देवकाटाले बताएका छन् ।
यसैगरी कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ जससँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ जसमा १ सय १२ जना निकाे भएका छन् र ४ जनाकाे मृत्यु भएको छ ।