निरोगी नेपाल निर्माणको लागि यी पाँच काम गर्न प्रधानमन्त्री ओलीको आग्रह

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच काम गर्न आग्रह गरेका छन् । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै उनले स्वस्थ्य र तुरुस्त राख्नकाे लागि सबै नागरिकलाई उक्त काम गर्न आग्रह गरेका हुन् । यस्ता छन् विभिन्न पाँच कार्यः पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं । दोश्रो, [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच काम गर्न आग्रह गरेका छन् । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै उनले स्वस्थ्य र तुरुस्त राख्नकाे लागि सबै नागरिकलाई उक्त काम गर्न आग्रह गरेका हुन् ।

यस्ता छन् विभिन्न पाँच कार्यः

पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

दोश्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरै भित्र व्यायमलाई निरन्तरता दिऔं ।

तेश्रो, भाइरस फोहोरमा रमाउँछ । आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऔं ।

चौथो, स्वस्थ रहनको लागि पर्याप्त आहारहरु आवश्यक छ । यसमा ध्यान दिन दिऔं ।

पाचौं, भय र त्रास, चिन्ता र आशंकाले रोग व्याधीका विरुद्धको लडाइमा कमजोर तुल्याउँछ । त्यसैले, उच्च मनोबल कायम राखौं ।

Share News