कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५५ लाख ८२ हजार ४ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४७ हजार ५ सय ६४ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ६१ हजार ९१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५५ लाख ८२ हजार ४ सय ३० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४७ हजार ५ सय ६४ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ६१ हजार ९१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९९ हजार ८ सय ५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ६ हजार २ सय १६ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको छ भने अहिलेसम्म ४ हजार १ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ६ सय ८२ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ११२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News