६ दिनदेखि स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा

<p>काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको विरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालय स्रोतका अनुसार गत बिहिबारदेखि स्वास्थ्यमन्त्री ढकाल मन्त्रालय नआएको जनाएका छन् । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न ढकाल अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै ढकाल [&hellip;]</p>

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको विरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार गत बिहिबारदेखि स्वास्थ्यमन्त्री ढकाल मन्त्रालय नआएको जनाएका छन् । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न ढकाल अस्पताल पुगेका थिए ।

कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै ढकाल क्वारेन्टाइनमा गएको मन्त्रालयका अधिकारीहरूले बताए । ति महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस अगाडि सरुवारोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पिसिआर परीक्षण गरिएको थियो ।

मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरिएको छ । बेलुकासम्म रिपोर्ट आएपछि साेही आधारमा मन्त्रीको आगामी सेडुल तय हुने अधिकारीहरूले बताए ।

 

Share News