रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सबै जना भारतबाट आएको र हाल सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित [&hellip;]</p>

काठमाडौं । रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै जना भारतबाट आएको र हाल सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए ।

सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

Share News