मङ्गलबार भारतबाट आएका युवक आइसोलेसनमा भर्ना

<p>काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका [&hellip;]</p>


काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो ।

जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका-१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।

मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । रासस

Share News