एकैदिन १ सय ५६ काेराेना संक्रमित थपिए, साेलुखुम्बुमा पनि देखियाे संक्रमण

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । यस्तै साेलुखुम्ब, दाेलखा, बझाङ र दार्चुला पहिलाेपल्ट संक्रमण देखिएकाे छ । याे सँगै संक्रमित जिल्ला ५१ पुगेकाे छ । देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

यस्तै साेलुखुम्ब, दाेलखा, बझाङ र दार्चुला पहिलाेपल्ट संक्रमण देखिएकाे छ । याे सँगै संक्रमित जिल्ला ५१ पुगेकाे छ ।

देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ ।

 

 

Share News