काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी विद्यालय व्यवस्थापनको जिम्मा नीजिलाई दिन खोजिएको कुरा गलत रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले धेरै मानिसहरुमा सरकारी विद्यालय व्यवस्थापनको जिम्मा नीजिलाई दिन खोजिएको भन्ने बुझाई रहेकाेले त्याे गलत रहेकाे स्पष्ट पारे ।
बजेटमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर नीजि विद्यालयले गर्ने उल्लेख भएपछि चौतर्फी विरोध भइरहेको बेलामा उनले नीजिलाई जिम्मेवारी दिन नखोजिएको बताएका हुन् । उनले नीजि क्षेत्रलाई हस्तान्तरण गर्न खोजिएको विषय हुँदै नभएको स्पष्ट पारे ।
सामाजिक उत्तरदायीत्वमार्फतको एक प्रतिशत रकम बाट नीजि विद्यालयले सरकारी विद्यालयमा सहयोग गर्न चाहेकाले स्विकार गरिएको मात्रै उनले बताए ।