काठमाडौं । साेमबार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय २६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।
याेसँगै नेपालमा काेराना संक्रमितकाे संख्या १७ सय ९८ पुगेकाे छ जसमा २ सय २१ जना निकाे भएर घर गईसकेका छन् र ८ जनाकाे मृत्यु भएकाे छ ।