काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६३ लाख ६१ हजार ८ सय ८९ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ७७ हजार १ सय ५० जनाको मृत्यु भइसकेको छ भने २९ लाख ६१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ६ हजार ९ सय २३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ५९ हजार ४ सय ५१ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ५ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म १ हजार ८ सय ११ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २२१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)