स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना, गण्डकी प्रदेशमा ३७ जना पुगे संक्रमित

<p>काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका [&hellip;]</p>


काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका निवासी ४ जना २२, २६, ३२, ४० वर्षिय पुरुषहरु र विरुवा गाँउपालिकाका २० वर्षिय पुरुषसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हालसम्म ३ जना उपचारपछि निको भइ घरफर्किएका छन् ।

Share News